बुटवल,भदौ ३ ।
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा “नेपालको कृषि रुपान्तरण : From Soil to Success” विषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम रूपन्देहीको भैरहवा र बुटवलमा सम्पन्न भएको छ।
कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माणको मुख्य उद्देश्यसित कारयक्रम गरिएको हो ।
"कृषिमा लगानी : अबको प्राथमिकता" भन्ने नारासहित आयोजित लगानीकर्ताहरूको भेलाले कृषक सशक्तिकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अनुसार, कार्यक्रममा अनुभवी कृषक, नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता तथा कृषि विज्ञहरूको सहभागि भएर छलफल गरिएको थियो ।कार्यक्रमले नवप्रवर्तन, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा कम्पनीका मधेश प्रदेश प्रमुख रविन्द्र कुमार पजियार तथा संस्थापकहरुको उपस्थितिका साथै भैरहवा र बुटवल क्षेत्रका विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ती दुईवटा कार्यक्रममा गरि करिब २५० जना व्यक्तिहरु सहभागि थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईले कम्पनीले कृषि क्षेत्रको नीति निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर पहल गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाले अब कृषि र प्रविधिको युग सुरुभएकोले कृषि र प्रविधिलाई संगै जोडेर लैजान आवश्यक भएको र अब कृषि सम्मानित र मर्यादित पेशाको रुपमा रुपान्तरण हुनुका साथ साथै नेपालको पूर्ण आत्मनिर्भताको लागि यो अभियानले आफ्नो गन्तव्य तय गरिसकेको कुरा राख्नुभयो ।
भैरहवाको कार्यक्रममा सिद्धार्थ नगरपालिकाका मेयर ईस्तियाक अहमद खान र पूर्व उपमेयर सहित उद्योग तथा बाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पन्त ग्लोबल कन्सलटेसिले सहजिकरण गरेको थियो ।
कार्यक्रमको संचालन कम्पनी सचिव विष्णु बराल तथा स्वागत धिरेन्द्र पन्तले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)