बुटवल,भदौ १ ।
रूरू मिलन केन्द्र नेपालले आठौं स्थापना दिवस तथा बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष राधा ज्ञवालीको अध्यक्षता तथा अग्रज कमला थैवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
सो अवसरमा सल्लाहकार ऋषि भण्डारी,सरला भण्डारी,निवर्तमान अध्यक्ष रमा पाण्डे ,सदस्य जुना पन्थी लगायतले बोल्दै आपसि भाइचारा र एकता नै आजको आवश्यकता रहेको भन्दै तीजको शुभकामना आदानप्रदान गर्नुभयो ।
केन्द्रका संस्थापक तथा बर्तमान अध्यक्ष राधा ज्ञवालीले केन्द्रलाइ फराकिलो र दीगो बनाउनुपर्ने बताउनुभयो ।
उहाले एकआपसमा मिलेमतो गरेर पवित्र काम गर्नका लागि संस्था स्थापना गरिएको बताउनुभयो ।
उहाले सबैको दख सुखका निम्ति संस्थालाइ क्रियाशिल बनाइएको बताउनुभयो । उहाले रूरू मिलन केन्द्रलाइ अझै बलियो बनाउनका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रमको संचालन सहसचिव सन्जु शर्माले गर्नुभएको थियो । कार्यक्रममा सहभागि दिदिबहिनिले दिनभर मौलिक गितमा नाचगान गरेर रमाइलो गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)