Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीजमिलन

गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीजमिलन

  • 1.5K
    SHARES

  • गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीजमिलन

    बुटवल,साउन ३१ ।

    गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा समाजको गुरुयोजना स्थल  तिलोत्तमा नगरपालिका स्थित शृङ्गेश्वर धाम रुपन्देहीमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ

    समाजका अध्यक्ष डा नारायणप्रसाद पन्थको अध्यक्षता, राष्ट्रिय सभाका सदस्य  विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्य , तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशेष आतिथ्य एवम् नेपाल बैंक लि. बुटवलका शाखा  प्रबन्धक प्रतीज्ञा सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका पूर्व सहसचिव ईश्वरा अर्याल र स्वागत कार्यक्रम संयोजक कविता अर्यालले गर्नु भएको थियो । 5c27e83dd94acee4c276b1b9ac3f16d8.jpeg
     गायक रितु थापा, सपना गाहा तथा  सम्झना रणपालका बेजोड तीज गित तथा नृत्य प्रस्तुत थिए  भने दिदीबहिनीहरुले  एकातर्फ पुराना संस्कृति झल्किने सांस्कृतिक तथा  समग्र देशका वर्तमान अवस्था झल्काउने  गित प्रस्तुत गरी दर्शकलाई भर्पुर मनोरञ्जन प्रदान गर्नुभयो । 4c29464e20dbe2268a9eff8bec252c8c.jpeg
     कार्यक्रममा झन्डै एक हजार जनाको उपस्थितिमा  सम्पन्न उक्त कार्यममा उपस्थित सम्पूर्ण अध्यक्ष डा. पन्थले धन्यवाद, आभार तथा कृतज्ञता ज्ञापन गर्नु भयो   ।

    संस्थापक अध्यक्ष इ. हिराबहादुर भलामी, वडा नम्बर ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीज्यू धामका अध्यक्ष ऋषि भण्डारी, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे ,  सल्लाहकार यज्ञश्वर मरासिनी , लोकनाथ उपाध्याय, टिकाराम न्यौपाने , भैरहवा शाखा अध्यक्ष केशवराज ज्ञवाली , प्रा. डा. बुद्ध बहादुर थापा, टिकाराम घिमिरे , जेपि कडेल  प्राध्यापक डा. प्रेमप्रसाद तिवारी , हरि अर्याल तथा  हरि ज्ञवाली लगायत  पत्रकारहरु, समाजका सदस्यहरुको उपस्थिती रहेको थियो।

    "बुझौं हाम्रो रीति र थिति, जोगाउँ हाम्रो गौरवमय संस्कृति" भन्ने मूल नाराका साथमा  बि. सं. २०६० सालमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण ३१ २०८२११:१९:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology