बुटवल,साउन ३१ ।
गुल्मी खर्ज्याङ रूपन्देही सम्पर्क समाजको तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक मनकला विश्वकर्माले नेपाली नारीको महान् पर्व हरितालिका तिजको शुभकामना दिदै हरेक नारीलाई हिसांविरूद्व आवाज उठाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा गुल्मी खर्ज्याङका रूपन्देही सम्पर्क समाजमा आबध्द महिला दिदीबहिनीहरूले नाचगान गरेर रमाइलो गर्नुभएको थियो ।
गुल्मी खर्ज्याङ रूपन्देही सम्पर्क समाजका अध्यक्ष राजिव जंग कुवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रिता शर्माले गर्नुभएको थियो भने कार्यक्रमको सम्योजन समाजका सदस्य पदम न्यौपानेले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)