बुटवल,साउन ३० ।
इनरह्वील क्लव अफ बुटवल मिडटाउनको अध्यक्षमा जुनु भण्डारी निर्वाचित हुनुभएको छ ।
बिहिबार बुटवलमा भएको १७ औ पदस्थापनमा भण्डारीले वर्ष २०२५–२६ का लागि अध्यक्षको रूपमा पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई वर्ष २४–२५ का अध्यक्ष राधिकादेवि रिजालले पद हस्तान्तरण गर्नुभयो।
भिपीमा शुशिला पोखरेल ,आइपीपीमा राधिका रिजाल, सचिवमा गिता खनाल, कोषाध्यक्षमा बिजु पौडेल, सहसचिवमा सुधा न्यौपाने ,सह कोषाध्यक्षमा प्रेरणा केसी, आइएसओमा कविता परियार,ईडिटरमा जम्मु श्रेष्ठ ,एक्जुकेटिभ मेम्बरमा शुशिला सापकोटा, दुर्गा श्रेष्ठ चयन भएका छन् ।
नवनियुक्त अध्यक्ष जुनु भण्डारीले क्लबले गर्दै आएका कार्यलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्वका कामहरू गर्दै जाने बताउँदै वृक्षारोपणदेखि छात्रवृत्तिसम्मका कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले इनरव्हिल ३५० ले अगाडी सारेको थिम अनुसारका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बर्ष २०२४–२५ अध्यक्ष राधिका रिजालले आप्mनो कार्यकालमा गरेका कार्यक्रमहरुको बारेमा जानकारी दिदै ,कार्यक्रमका संयोजक, बिभिन्न सहयोगी व्यक्तीहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३५० नेपालका बर्ष बर्ष २०२४–२५ डिष्ट्रिक चेयरमेन आशा श्रेष्ठले इनरह्वील क्लब अफ मिडटाउनले निरन्तर राम्रा र उदाहरणीय काम गर्दै आएको बताउँदै यसलाई निरन्तर दिन आग्रह गर्नुभयो । उहाँँले क्लबका पुर्ब अध्यक्ष तथा सल्लाहकारलाई दासल्ला ओढाएर सम्मान गर्नुभएको थियो। कार्यक्रममा नयाँ सदस्यलाई पिन लगाएर स्वागत र बिद्यार्थी सम्मान र छात्रबृत्तिलाई निरन्तरता लगायतका कार्यक्रम पनि भएका छन् ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलमा अध्यक्ष कृण्ण पराजुली,भिपी सुशिला पोखरेल,सचिव गिता खनाल लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)