Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

पर्यटक तान्न देवदहमा बन्यो ‘बाल गोपाल शिश महल’

पर्यटक तान्न देवदहमा बन्यो ‘बाल गोपाल शिश महल’

  • 1.5K
    SHARES

  • पर्यटक तान्न देवदहमा बन्यो ‘बाल गोपाल शिश महल’

    बुटवल,साउन २८ ।

    धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुद्ध मावली रुपन्देहीको देवदहमा ‘बाल गोपाल शिश महल’ निर्माण गरिएको छ । 

    देवदह नगरपालिकाको ५ लाख र स्थानीयको ७० लाख गरि कूल ७५ लाख रुपिँया लागतमा शिश महल निर्माण गरिएको हो । 
    वि.सं २०२८ सालमा स्थानपना भएको दुर्गा मन्दिर संरक्षण समिति देवदह–७ ले धार्मिक धरोहरहरुको विकास र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शिशमहल निर्माण गरेको जनाएको छ  ।

    मन्दिरका अध्यक्ष सीपी बस्यालले भगवान कृष्णको बच्चाको नाम बालगोपालकै नामबाट शिश महल निर्माण गरिएको बताउनुभयो । शिस महलसँगै परिषर भित्र देवदह मणिदीप धाम निर्माणको परिकल्पना गरिएको उहाँले जानकारी दिनुभयो । “मणिदीप धाम निर्माणको परिकल्पना अन्तरगत नै हामिले बालगोपाल शिश महल निर्माण गरेका हौ । ” उहाले भन्नुभयो–“यसले देवदह क्षेत्रको धार्मिक पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने छ । ”sis mahal devdaha (2).jpeg

    देवदह क्षेत्रको पर्यटन विकाससँगै यस क्षेत्रमा धार्मिक पुर्वाधारको विकास, स्थानीय  भक्तजनहरुलाई धार्मिक कृयाकलापमा अग्रसर गराउन, देवदहलाई साँस्कृतिक नगरको रुपमा विकास गर्नुपर्ने अध्यक्ष बस्यालले बताउनुभयो । त्यसको लागि देवदह नगरपालिकाले धार्मिक पर्यटनको गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने उहाको भनाई छ ।  देवदहलाई बुद्धमाता मायादेवी, सानीआमा प्रजापति गौतमी र जीवन संगिनी यशोधराको जन्म स्थलका रुपमा परिचित गराउँदै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देवदहमा रात विताउने विश्रामस्थालका लागि पुर्वाधार निर्माण गर्नुपर्नेमा समेत उहाले जोड दिनुभयो ।
    नवनिर्मित बालगोपाल शिश महलभित्र कृष्णको बाल लिला, बाल गोपीनी लिला, कालिनाग मर्दन र कृष्ण विराट स्वरुप लगायतका कलाहरुलाई सुन्दरताका साथ प्रस्तुत गरिएको छ ।

    शिश महलमा कला भर्नको लागि भारतको दिल्लीबाट ३ जना कालिगढ झिकाएर २ महिनासम्म निरन्तर काम गरेको मन्दिरका कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिनुभयो । शिश महल लुम्बिनी प्रदेशमै पहिलो पटक देवदहमा निर्माण भएको समितिको दावि छ ।  करिव २ हजार वर्गफिटमा सिसाका स–साना टुक्रा जोडेर कालिगडले शिश महलमा कला भरेको कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।

    बिस २०८१ भाद्र १० गते शिलान्यास भएको शिश महल एक बर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । जसलाई आगामी साउन ३१ गते शनिवार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर उद्घाटन गर्ने समितिले तयारी गरेको छ । शिश महलको ‘श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराज’ले उद्घाटन गर्ने समितिले जनाएको छ ।

    शिश महलसँगै मन्दिर परिषरमा अर्जुनरथ, बुद्धविहार, वाटर फाउण्डेसन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेश द्धार लगाएतका संरचनाहरु निर्माण गरिएको छ । निर्माणको लागि मन्दिरको आन्तरिक आम्दानीसँगै दान दक्षिणा, स्थानीय चन्दादाता र सहयोगीहरुबाट संकलित रकम तथा देवदह नगरपालिका लगायत निकायबाट रकम प्राप्त भएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।

    उद्घाटनको दिन निशुल्क अवलोकनको व्यवस्था मिलाईएको र भाद्र १ गतेबाट सर्वसाधारणको लागि प्रतिव्यक्ति ५० रुपैंया र विद्यार्थीको लागि ३० रुपैंया टिकटदर कायम गरिएको छ । यसैगरी समुहगत रुपमा अवलोकन गर्न आउनेहरुका लागि ३० जनाको संख्यामा आएमा प्रतिव्यक्ति ३० रुपैंया कायम गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology