Logo बिहिवार, आश्विन १ गते २०८३
images

कालीगण्डकी काेरिडोर र रुद्रवेणी–वामी सडक अवरुद्ध

कालीगण्डकी काेरिडोर र रुद्रवेणी–वामी सडक अवरुद्ध

  • 1.1K
    SHARES

  • कालीगण्डकी काेरिडोर र रुद्रवेणी–वामी सडक अवरुद्ध

    गुल्मी, साउन २८ ।

    कालीगण्डकी काेरिडोर र रुद्रवेणी–वामी सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कालीगण्डकी वडा–२, राक्से र रुद्रवेणी–वामी सडकको सत्यवति गाउँपालिका–६, डहरेमा खोलाको सतह बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । 

    करिडोरमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । गुल्मेलीले जिल्लाका मुख्य सडक पटक–पटक अवरुद्ध हुँदा धेरै पटक सास्ती खेपेको जनाएका छन् । जिल्लामा मुख्य सडक एक वर्षमा सुख्खा ११ र वर्षाका कारण पहिरो जाँदा ५० गरेर ६१ पटक अवरुद्ध भएको स्थानीयको भनाइ छ । 

    काेरिडोरपछि धेरै पटक अवरुद्ध हुने सडक रिडी–रुद्रवेणी–वामी सडक मानिन्छ । सत्यवती गाउँपालिका–६,  डहरेमा पानीको बहाब बढ्न बित्तिकैै अवरुद्ध हुने गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology