बुटवल,साउन २४ ।
३१ औँ विश्व मुलबासी दिवसका अवसरमा नेशनल रिपब्लिक नेपाल (एनआरएन) लुम्बिनी प्रान्तीय समितिले बुटवलमा र्याली तथा कोणसभा गरेको छ ।
बुटवलको हस्पिटललाईनबाट सुरु भएको र्याली कालिका पथ हुँदै तिनकुने, देविनगर र चौराहामा कोण सभा गरिएको एनआरएन लुम्बिनी प्रान्तीय समितिका अध्यक्ष लक्ष्मण गाहा लखनले जानकारी दिनु भयो । उहाँले मुलवासीको अधिकार प्राप्तिका लागि नेपाल रिपब्लिक नेपालले निरन्तर संघर्ष गर्ने प्रतिवद्धता जनाउनु भयो ।
नेपाल रिपब्लिक नेपालका केन्द्रीय अध्यक्ष डा. थमन बहादुर बुढा मगरले राज्यले मुलवासी समुदायलाई दोस्रो दर्जाका नागरिक सरह बनाएको आरोप लगाउँदै मुलबासीको अधिकार प्राप्तिका लागि मुलबासी एक जुट हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य केसरी थापा मगर, गंगाबहादुर थापा, प्रितम चौधरी, दीपक थापा लगायतले बोल्दै आफुहरु आदिवासी नभई मुलबासी नागरिक भएको बताएका छन ।
कार्यक्रममा लाखे नाच, घोडा नाच तथा मुलबासीका भेषभुसासहित झाँकी प्रस्तुत गरिएको सचिव श्याम रानाले जानकारी दिनु भयो ।
र्यालीामा सयौंको उपस्थिति रहेको थियो । ब्राह्मणवादी सामन्तवाद अन्त्य गर र मानव अधिकार कार्यान्वयन गर लगायतका प्ले कार्ड बोक्दै उनिहरुले नारा लगाएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)