Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलको कालिका क्याम्पस पुग्यो नयां उचाइमा,क्युएए पाएपछि खुसीयाली उत्सव

बुटवलको कालिका क्याम्पस पुग्यो नयां उचाइमा,क्युएए पाएपछि खुसीयाली उत्सव

  • 7.7K
    SHARES

  • बुटवलको कालिका क्याम्पस पुग्यो नयां उचाइमा,क्युएए पाएपछि खुसीयाली उत्सव

    बुटवल,साउन २१ ।

    स्थापनाको १२ बर्षमै क्युएए प्राप्त गरेको बुटवल कालिका कलेजले बुधबार खुशियाली सभा गरेको छ ।

    ३४ जनाविद्यार्थीबाट १२ वर्ष अघि शुरु भएको कलेजमा हाल ४ हजार बढी विद्यार्थी अध्ययरत छन् । जहा बीबीएस, बीसीए, बीएएसडब्लु, बिएड, एमए आरडी, एम.ए अँग्रेजी विषय अध्ययापन हुँदै आएको छ भने निकट भविष्यमाएमबीएस पढाउने तयारीमा छ ।

    कलेजले विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेका आठ वटा मापदण्डहरु नीति तथा प्रक्रिया, पाठ्यक्रम, शिक्षण, अध्ययन तथा मुल्याङ्कन, अनुसन्धान, परामर्श तथा अतिरिक्त कार्यक्रम, पूर्वाधार तथा सिकाई श्रोत, विद्यार्थी सहायता तथा मार्गदर्शन, सुचना प्रणाली, सार्वजनिक सुचनामा अब्बल कार्यसम्पादन गर्दै स्वमुल्याङ्कन रसुधारका दिर्घकालिन अभ्यासमार्फत संस्थागत सुदृढिकरण पूरा गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतसञ्चालित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा साउन १६ गते औपचारिक रूपमा मान्यता प्राप्त गरेकोहो ।

    क्याम्पसका प्राचार्य घनश्याम पाठकले क्युएए प्राप्तिसँगै यसलाई निरन्तरता दिनेमा चुनौती थपिएको बताए ।विद्यार्थी, शिक्षक, अभिभावकको भुमिकाकै कारण उपलब्धि हासिल भएको भन्दै विश्वविद्यालय अनुदान आयोगलेनिर्धारण गरेका आठ वटा मापदण्डहरु पार गर्नु सहज नभएको उनले बताए । योसँगै शैक्षिक विश्वासनियता प्राप्तगरेको उनले दाबी गरे । गुणस्तरका कारण अन्तर्राष्ट्रिय मान्यता पाउने, छात्रवृत्ति बढ्ने, शिक्षक–कर्मचारीहरुकोक्षमता अभिवृद्धिमा मद्दत मिल्ने उनले बताए । ‘यात्रा बल्ल शुरु भएको छ ।’– उनले भने । विश्वका विकसितराष्ट्रमा पढाई शैली र प्रविधि अब यो कलेजमा पनि अपनाउने उनले बताए । क्युएए प्राप्त भएसँगै प्रदेशसरकारबाट अनुदान समेत पाउने भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुखखेलराज पाण्डेयले पश्चिम क्षेत्रको शैक्षिक नगरी बुटवलमा दक्ष जनशक्ति उत्पादनमा कालिका क्याम्पस अग्रणीरहेको बताए । बुटवल नगर ऐतिहासिक, सामारिक, ब्यापारिक, खेलकुदसँगै शैक्षिक हबका रुपमा विकास हुनसक्ने गरि उपलब्धि हासिल गरेको उनले बताए ।IMG_3381.jpeg

    कलेजका निवर्तमान अध्यक्ष अर्जुनमान सैजुले विशाल लक्ष्य प्राप्ति भएको भन्दै यसलाई जोगाउने अभिभारा सबैमाआएको बताए । उनले कलेजको उपलब्धिमा सरकार, स्थानीय बासिन्दाबाट राम्रो सहयोग मिलेको बताए ।विद्यार्थीमा दलीय राजनीति नहुँदा नै सफलता चुमेको उनको दाबी छ ।बुटवललाई शैक्षिक हबका रुपमा चिनाउनेगरि उपलब्धि हासिल भैरहेको उनले बताए । कार्यक्रममा कलेजका उपाध्यक्ष नित्यानन्द ज्ञवालीले कुनै बेलाविद्यार्थीहरुको आवश्यकताको कारण जन्मेको कलेज अहिले शिखर चुम्न सफल भएको बताए । धेरै मेहनतकाकारण प्राप्त उपलब्धिलाई निन्तरता दिने गरि लाग्न जरुरी रहेको उनले बताए ।

    कलेजका अध्यक्ष होम बहादुर गलामीले नेपालको ईतिहासमा नै छोटो समयमा क्युएए प्राप्त गर्ने कलेजका रुपमाचिनिने गौरव प्राप्त भएको बताए । यसमा केवल कलेजमात्र नभई सरोकारवाला सबैको उत्तिकै भुमिका र योगदानरहेको बताए ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, पब्लिक क्याम्पस संघकालुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनाल, लुम्बिनी प्रदेश सरकारका शिक्षाविद् दल बहादुर गुरुङ, बुटवल उद्योगवाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लाल हरि पाण्डेय, सहायक प्राचार्य महेश पाण्डेले कालिकाको उपलब्धिलाईहेरेर यस क्षेत्रका अन्य क्याम्पसले पनि आफ्नो शैक्षिक गुणस्तर वृद्धिमा जोड दिनुपर्ने सुझाव दिए

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, श्रावण २१ २०८२१०:३२:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology