Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

राजेशले विज्ञान संकायतर्फ ३.९६ जीपीए ल्याएपछि क्याननमा खुसीयाली

राजेशले विज्ञान संकायतर्फ ३.९६ जीपीए ल्याएपछि क्याननमा खुसीयाली

  • 3.8K
    SHARES

  • राजेशले विज्ञान संकायतर्फ ३.९६ जीपीए ल्याएपछि क्याननमा खुसीयाली

    बुटवल,साउन २१।
    बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परिक्षामा विज्ञान संकाय तर्फ देशमै सबैभन्दा उत्कृष्टजिपिए ल्याउन सफल भएको जनाएको छ ।

    सो विद्यालयका राजेश पौडेलले विज्ञान संकाय तर्फ देशमै उत्कृष्ट ३.९६ जिपिए ल्याएको विद्यालयकाे दाबी छ।

    कक्षा १२ को परिक्षामा विज्ञान संकाय तर्फ देशमै सबैभन्दा उत्कृष्ट जिपिए ल्याएको भन्दै विद्यालयले उत्कृष्टविद्यार्थी पौडेललाई बुधबार नगद १५ हजारसहित सम्मान समेत गरेको छ ।

    सो अवसरमा विद्यार्थी राजेश पौडेलले आफुले नेपालमा नै अध्ययन गर्ने सोच भएको बताए । ‘म नेपालमा नै पढ्नेसोच भएको छु । अब मैले इन्जिनियरिङ्ग अध्ययन गर्ने तयारी गरेको छु, सकेसम्म नेपालमा नै केही गर्ने मेरो सोचछ,’– उनले भने । विद्यालयले विद्यार्थीहरुको धेरै हेरविचार गर्ने भएकाले आफुले उक्त जिपिए ल्याउन सफलभएको बताए ।

    यस्तै विद्यालयका अध्यक्ष थानेश्वर पौडेलले आफुहरुले प्रचारलाई भन्दा पनि गुणस्तरीय शिक्षामा विशेष ख्यालगर्ने गरेको बताए । जसको परिणाम स्वरुप विद्यालयले सफलता हासिल गर्न सफल भएको बताए । साथैविद्यालयले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै गर्ने अवसर पनि प्रदान गर्ने गरेको बताए ।

    विद्यालयका प्राचार्य शंकर भण्डारीले कक्षा १२ को परीक्षामा विज्ञान संकायमा सतप्रशित र व्यवस्थापन संकायमा८० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बताए ।

    साथै प्राचार्य भण्डारी विज्ञान संकायमा क्यान माध्यमिक विद्यालयप्रथम भएको दाबी समेत गरे ।परीक्षामा व्यवस्थापन संकायबाट १५० जना र विज्ञान संकायबाट २९ जना गरी १७९ जना विद्यार्थीहरु सहभागिरहेका थिए ।

    साथै विद्यालयले विद्यार्थीबाट अक्तिरिक्त क्रियाकलापका लागि कुनै शुल्क नलिने गरेको बताउँदैगुणस्तरीय शिक्षामा केन्द्रित हुँदा राम्रो सफलता हात पारेको विद्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, श्रावण २१ २०८२०९:५३:२७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology