Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवाको मार्गदर्शन सहकारीका अध्यक्ष केसी पक्राउ,६ करोड हिनाबिनाको आरोप

भैरहवाको मार्गदर्शन सहकारीका अध्यक्ष केसी पक्राउ,६ करोड हिनाबिनाको आरोप

  • 729
    SHARES

  • भैरहवाको मार्गदर्शन सहकारीका अध्यक्ष केसी पक्राउ,६ करोड हिनाबिनाको आरोप

    बुटवल,साउन १५  ।

    रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ पर्नुभएको छ ।

    सिद्धार्थनगर नगरपालिका–५ मा रहेको उक्त सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपियाँ हिनामिना गरेको अभियोगमा केसी पक्राउ पर्नुभएको हो ।

    बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका दोलखाको मेलु गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसी  पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले बताउनुभयो ।

    केसीलाई प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्य ठिमी नगरपालिका वडा नं ३ बाट पक्राउ  गरेर रुपन्देही ल्याएको प्रहरीले जनाएको छ ।
     केसी वैशाख २० गतेदेखि फरार हुनुहुन्थ्यो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, श्रावण १५ २०८२०६:२०:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology