Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डमा नमुना संसद् : सभामुखमा नियोन,प्रधानमन्त्री बने सुशान्त !

अक्सफोर्डमा नमुना संसद् : सभामुखमा नियोन,प्रधानमन्त्री बने सुशान्त !

  • 4.2K
    SHARES

  • अक्सफोर्डमा नमुना संसद् : सभामुखमा नियोन,प्रधानमन्त्री बने सुशान्त !

    बुटवल,साउन १४ ।

    बुटवलस्थित अक्सफोर्ड माविमा नमुना संसद कार्यक्रम सम्पन्न भएको छ ।कक्षा १० का विद्यार्थीहरूले नेपालको संघीय संसदका गतिविधिहरूको प्रतिनिधित्व गर्दै दोस्रो वर्षअन्तर्गतको नमुना संसद कार्यक्रम बुधबार सम्पन्न गरेका हुन् ।

    बालबालिकाहरूमा सिर्जनात्मक अभिव्यक्तिकला उजागर गर्नुुका साथै उनीहरूलाई देशको संवैधानिक संरचना तथा सरकारको अङ्ग संसदका कार्यबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो ।

    उहाँले बदलिँदो समयमा विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र प्रयाप्त नहुने भएकोले उनीहरूलाई वास्तविक रूपमा पाठ्यक्रमले  निर्दिष्ट गरेका ज्ञान र सिपसँग एकाकार गराउनका लागि बिद्यार्थीलाइ अभ्यास गराइएको बताउनुभयो ।

    उहाँले शिक्षणपद्धतिमा समयसापेक्ष सुधार आवश्यक रहेकोमा जोड दिँदै विद्यालय त्यो मार्गमा अघि बढिरहेको जानकारी दिनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालयले आयोजना गरेका उक्त कार्यक्रमबाट विद्यार्थीहरूले पुस्तकमा पढेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा सिक्ने अवसर पाएको कुरा बताउनुभयो । साथै विद्यालयले यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन सकोस् भनी शुभकामना दिनुभयो ।

    man.jpg

    कार्यक्रममा विद्यालयका शैक्षिक प्रमुख प्रकाश ज्ञवालीले विद्याथीहरूको प्रस्तुतिको प्रशंसा गर्दै सफल भविष्य निर्माणमा लाग्न शुभकामना दिनुभयो ।  विद्यार्थीहरू नियोन बन्जाडे सभामुख, बिनिशा भुसाल उपसभामुख, सुशान्त पाण्डे प्रधानमन्त्री, अपेक्षा पन्थी प्रतिपक्षी दलको नेता अन्य विद्यार्थीहरू सत्तापक्षीय सांसद एवम् मन्त्री र प्रतिपक्षी सांसदको भूमिकामा रहेका थिए ।

    कार्यक्रममा अक्सफोर्ड कलेज, सञ्चालक समिति अध्यक्ष डा. अजित खनाल, अक्सफोर्ड कलेज प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, सञ्चालक नवराज पंगेनीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अन्त्यमा विभिन्न भूमिकामा उत्कृष्ट प्रस्तुति दिने प्रतिभाहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रसहित खादा ओढाई सम्मान गरिएको शिक्षक लक्ष्मण घिमिरेले बताउनुभयो । कार्यक्रम शिक्षक सिद्धार्थ कँडेलको संयोजकत्व तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालको सञ्चालनमा सम्पन्न भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology