Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

गुल्मी बम्घाका सातभाइले खोले बुटवलमा डेढ करोड लगानीमा ‘द बम्बे लाउन्ज ’

गुल्मी बम्घाका सातभाइले खोले बुटवलमा डेढ करोड लगानीमा ‘द बम्बे लाउन्ज ’

  • 1.3K
    SHARES

  • गुल्मी बम्घाका सातभाइले खोले बुटवलमा डेढ करोड लगानीमा ‘द बम्बे लाउन्ज  ’

    बुटवल,साउन १४।

    बुटवल–११ योगिकुटी, शान्तिचोक नजिकै खत्री ग्रुपले द बम्बे लाउन्ज  संचालनमा ल्याएका छन् ।

    गुल्मी रुरु–५ बम्घाका सात जना खत्री दाजुभाईले डेढ करोडको लगानीमा द बम्बे लाउन्ज संचालनमा ल्याएका हुन् । भारतीय स्टेट फुट वडा पाउ र पाउ भाजीलाई ब्राण्डीङ गरेर भारतीयसँगै २३ मुलुकका विभिन्न परिकारहरु ग्राहकहरुलाई पस्कने उद्देश्यले द बम्बे लाउन्ज (होटल) संचालनमा ल्याएका हुन् ।

    केहीदिन अगाडिबाट सफ्ट ओपनिङ गरि सेवा सुरु गरेको द बम्बे लाउन्ज को बुधबारबाट औपचारिक सेवा सुरु भएको हो । होटल संचालकहरुले स्थानीय बयोवृद्ध, पञ्चकन्या र पञ्चेबाजाका माध्यमबाट होटल संचालनको औपचारीक उद्घाटन गरेका हुन् । गुल्मी बम्घाका विष्णु खत्री, युवराज खत्री, नरबहादुर खत्री, श्रवण खत्री, विकास खत्री, विपिन खत्री, र तारा खत्रीको लगानीमा संचालनमा आएको होटलमा अहिले ३५ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् ।

    विगत २५ वर्षदेखि भारत लगायत अन्य मुलुकमा होटल तथा क्याटरीनको सेवा अनुभव संगालेका विष्णु खत्रीको नेतृत्वमा खोलिएको होटलमा चार वटा क्याविन, फेमली हल, हुक्का हल, पाटी हल रहेका छन् ।

    होटलका सेवासँगै ब्रदर एण्ड सिस्टर क्याटरिङ सेवा समेत रहेको द बम्बे लाउन्जमा होटल शुभारम्भको अवसरमा यो एक हप्ता हरेक खानाका परिकारमा २० प्रतिशत छुट दिइएको संचालक विष्णु खत्रीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।the bambay.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology