Logo बिहिवार, आश्विन १ गते २०८३
images

चितवन र उदयपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

चितवन र उदयपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

  • 786
    SHARES

  • चितवन र उदयपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

    काठमाडौँ,साउन १४।

    चितवन र उदयपुरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१८ गुन्जनगर बस्ने ५० वर्षीय शेरबहादुर थापाको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

    सोही ठाउँस्थित बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बस्ने ४५ वर्षीय रामकृष्ण धामीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । विद्युतको पोलमा चढी विद्युत् लाइन बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको  छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology