Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकैदिन तोलामा १४ सय रूपैयाँ बढ्यो सुनको भाउ

एकैदिन तोलामा १४ सय रूपैयाँ बढ्यो सुनको भाउ

  • 1.0K
    SHARES

  • एकैदिन तोलामा १४ सय रूपैयाँ बढ्यो सुनको भाउ

    काठमाडौं, साउन १४ ।

    नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।मंगलबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।मंगलबार चाँदी प्रतितोला दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय १० किनबेच भइरहेको छ। 

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, श्रावण १४ २०८२०३:०९:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology