Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रुरु -२ ग्वादी गुल्मीमा गोठ भत्किँदा एक हल गोरु मरे

रुरु -२ ग्वादी गुल्मीमा गोठ भत्किँदा एक हल गोरु मरे

  • 828
    SHARES

  • रुरु -२ ग्वादी गुल्मीमा गोठ भत्किँदा एक हल गोरु मरे

    रुरु, साउन १३ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२, ग्वादीमा गोठ भत्किँदा एक हल गोरु मरेका छन् । स्थानीय छबिलाल विश्वकर्माको गोठ मङ्गलबार बिहान भत्किएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

    गोठमा काम गर्ने समयमा घटना भए पनि मानवीय क्षति नभएको ज्ञवालीले बताउनुभयो । मनसुन सक्रिय भएकाले सबैलाई सुरक्षित बस्ने र केही समस्या वा सङ्केत देखिनासाथ जनप्रतिनिधि र प्रहरीमा खबर गर्न सार्वजनिक अपिल गरिएको ज्ञवालीले बताउनुभयो ।

    सोमबारदेखि परेको अविरल वर्षाले जिल्लाका तीन सडक अवरुद्ध छन् ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले घटना मुचुल्काका लागि प्रहरी घटनास्थल जाँदै गरेको बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology