गुल्मी,साउन ११ ।
धुर्कोट गाउँपालिका–५ वस्तु अमराई की २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ ।
धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)