बुटवल,साउन १० ।
उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेका बुटवलका सुरज सिंजालि मगर मेरो डान्स युनिभर्स २ को उत्कृष्ट आठमा पुग्न सफल भएका छन् ।७ हजार जना प्रतिस्पर्धीलाइपछि पार्दै उनी टप एटमा छनौट भएका छन् । अब उनी सबैलाइ जितेर उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।
जादुमयी नृत्य गर्न सक्ने सुरज बुटवल १३ बेलबासका स्थानीय समेत हुन्।उनले आफूले विश्वभरबाट छनोट हुने अन्य भन्दा राम्रो गरेर देखाउने लक्ष्यमा रहेको नागरिक अनलाइनलाइ बताए ।
उनले यो समयमा सबैको साथको जरूरी रहेको भन्दै भोट गरेर जिताउन अपिल समेत गरेका छन् ।
मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ का विजेताहरुले एक एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य प्रतिस्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउनेछन् ।
नेपालमा पहिलो पटक गरिएको झ्याउरे नाचको शो निकै उत्कृष्ट बन्दै गएको छ । सुरज सिन्जाली मगरलाई भोट गर्नको लागि Mobile को Message box मा गई MDU(SPACE)11 Type गरि 37000 मा send गर्नुपर्नेछ ।त्यस्तै MY INTRA App मा गएर सुरज सिन्जाली मगरको profile मा click गरेर पनि vote गर्न सकिने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)