Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

क्यानडामा रहेका नेपाली युवाले सार्वजनिक गरे ‘कोक एण्ड जेडी’

क्यानडामा रहेका नेपाली युवाले सार्वजनिक गरे ‘कोक एण्ड जेडी’

  • 2.7K
    SHARES

  • क्यानडामा रहेका नेपाली युवाले सार्वजनिक गरे ‘कोक एण्ड जेडी’

    बुटवल,माघ १७-

    क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा,कुशल बराल र  निर्वाना श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गित तयार गरिएको हो ।

    दिप विष्ट (लेजी ब्याई)को संगीत रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको हो । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको  यो गितमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

    क्यानडाबाट  संचालित युटुब च्यानल ‘वानभर्स इन्टरटेन्मेन्ट’ बाट शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् ।

    पछील्लो समय  हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।

    भिडियो हेराैँ-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology