Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँगाउँ मावि शैक्षिक क्षेत्रमा आफ्नै पौरखले अगाडि छ, अब कसैले पछाडी पार्न सक्दैन : अर्थमन्त्री पौडेल

नयाँगाउँ मावि शैक्षिक क्षेत्रमा आफ्नै पौरखले अगाडि छ, अब कसैले पछाडी पार्न सक्दैन : अर्थमन्त्री पौडेल

  • 3.3K
    SHARES

  • नयाँगाउँ मावि शैक्षिक क्षेत्रमा आफ्नै पौरखले अगाडि छ, अब कसैले पछाडी पार्न सक्दैन : अर्थमन्त्री पौडेल

    बुटवल,साउन १० ।

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल १२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।
     बुटवल पश्च्मि क्षेत्रमा अब्बल शैक्षिक संस्थाको रुपमा विकास हुँदै गइरहेको नयाँगाउँ माविको अर्थमन्त्री पौडेलले शनिवार अनुगमन तथा निरीक्षण गरेका हुन् । 
    सो अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँगाउँ मावि शैक्षिक क्षेत्रमा आफ्नै पौरखले अघि बढेकाले अब कसैले पनि पछाडी पार्न नसक्ने बताए ।

    विद्यालयको विकासको लागि आफुले पूर्वाधार नीतिगत रुपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले गुणस्तरी शिक्षामा विशेष ध्यान दिनका लागि विद्यालयलाई आग्रह गरे । 
    यस्तै मन्त्री पौडेलले बुटवल तिनाउ पश्च्मिको अबको भविष्य रहेको बताए ।

    ‘तिनाउ पश्च्मिलाई विकास गर्न सकिन्छ, अहिले सडक निर्माणको काम चलिरहेको छ । यो सम्पन्न भएपछि नयाँगाउँदेखि तामनगरले विकास फड्को मार्छ,’ उनले भने ।IMG_2734.jpeg
    साथै उनले विकासका नाममा राजनीति गर्न नहुने बताए । रुपन्देही आएपछि आफुले म कुन पार्टीको हुँ भनेर समेत विसर्ने बताउँदै विकासका नाममा कहिले पनि राजनीति नगर्ने बताए । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले नयाँगाउँ माविलाई शैक्षिक केन्द्रको रुपमा अघि बढाउने योजना रहेको बताए ।

    साथै उनले विद्यालयको पूर्वाधार विकासका लागि सहयोग गर्न अर्थमन्त्री पौडेल समक्ष आग्रह समेत गरे ।

    विद्यालयका प्राध्यानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यालयले गुणस्तरी शिक्षामा विशेष ध्यान दिने गरेकाले सोही अनुसारको परिणाम हासिल हुँदा खुशि लागेको बताए ।IMG_2749.jpeg

    राज्यले आवश्यक सहयोग गरेको अवस्थामा नयाँगाउँ माविलाई नमुना सामुदायिक विद्यालय बनाउन सक्ने क्षमतामा आफु रहेको दाबी गरे । 

    कार्यक्रमको संचालन शिक्षक रामप्रसाद बञ्जाडेले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology