Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश : एक बर्षमा ३ हजार ४७९ दुर्घटना,५०६ जनाको मृत्यु

लुम्बिनी प्रदेश : एक बर्षमा ३ हजार ४७९ दुर्घटना,५०६ जनाको मृत्यु

  • 876
    SHARES

  • लुम्बिनी प्रदेश :  एक बर्षमा ३ हजार ४७९ दुर्घटना,५०६ जनाको मृत्यु

    बुटवल,साउन ५ ।

    लुम्बिनी प्रदेशमा एक बर्षको अवधीमा ३ हजार ४७९ दुर्घटना हुँदा ५०६ जनाको मृत्यू भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आईतबार पत्रकार सम्मेलन गरी गत वर्षको तुलनामा दुर्घटना र मृत्यू संख्या बृद्धि भएको जनाएको हो । 

    आर्थिक बर्ष २०८०-०८१ मा एक हजार १२० र्दुटनाबाट ४९६ जनाको मृत्यू भएको प्रहरी तथ्यांक छ । भर्खर सकिएको आर्थिक बर्ष २०८१-०८२ मा दुर्घटना झन्डै तेब्बरले बृद्धि भएको छ । तर, मृत्यू हुनेको संख्या भने १० जनाले बृद्धि भएको छ ।

    २०८१ साउनदेखि २०८२ असारमसान्तसम्म लुम्बिनीका १२ जिल्लामा ४०५ पुरुष र १०१ जना महिला गरी ५०६ जनाको मृत्यू भएको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए । उनका अनुसार दुर्घटनाको संख्या निकै धेरै भएपनि मानवीय क्षती भएको छ । 

    दुर्घटनामा परी ५ हजार ६११ जना घाईते भएका छन् । अघिल्लो आर्थिक २०८०-०८१ मा १ हजार ६९३ जना घाईते भएका थिए । ‘दुर्घटना धेरै भएकाले घाईतेहरुको संख्या बढि देखिएको छ’ प्रहरी उपरीक्षक शर्माले भने । १२ जिल्लामध्ये दुर्घटनामा परी सबैभन्दा धेरै रुपन्देहीमा १२१ जनाको मृत्यू भएको छ ।

    लुम्बिनी प्रदेशकाे दुर्घटनाtraffic police.jpegमा मृत्यु :

    जिल्ला २०८०-०८१ को मृत्यु संख्या २०८१-०८२ को मृत्यु संख्या
    रुपन्देही १०७ १२१
    न.प.पश्चिम ३० ४६
    कपिलवस्तु ७६ ७३
    पाल्पा ३६ २६
    गुल्मी १०
    अर्घाखांची १३ १५
    दाङ ९९ ७८
    बांके ६६ ७०
    बर्दिया २६ ३८
    प्यूठान १३
    रोल्पा २० १७
    रुकुम पुर्व

    यसैगरी दाङमा ७८ जना, कपिलबस्तुमा ७३, बाँके ७० जनाको मृत्यू भएको तथ्यांक छ । यसैगरी नवलपरासी (पश्चिम) मा ४६, पाल्पामा २६, गुल्मीमा १०, अर्घाखाँचीमा १५, बर्दियामा ३८, प्यूठानमा ९, रोल्पामा १७ र रुकुम पूर्वमा ३ जनाको मृत्यू भएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।

    उनका अनुसार १२ वटै जिल्लामा एक वर्षको अवधिमा सवारी नियम उल्लघन गरेका १ लाख ७० हजार ८० सवारीलाई कारवाही गरिएको छ । सवारी कारवाहीबाट जरिवाना वापत १७ कराृड ८३ लाख ८३ हजार ४९१ रुपैयाँ राजस्व संकलन भएको प्रहरी उपरीक्षक शर्माले बताए ।  सवारी नियमको पालना भने अघिल्लो आर्थिक वर्ष २०८०-०८१ को तुलनामा कम भएको देखिएको छ । ८०-०८१ मा २ लाख ३३ हजार ९६ सवारीलाई कारवाही गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology