बुटवल,माघ १७-
शहिद दिवसको अवसरमा अलायन्स क्लब अफ सैनामैनाले शहिद परिवारलाई सम्मान गरेको छ । सैनामैनाका शहिद परिवारका विद्यार्थीलाई अलायन्स क्लब अफ सैनामैनाले सम्मान गरेको हाे ।
सैनामैनाका स्वार्गिय शहिद नारायण घिमिरेकी धर्मपत्नी शारदा घिमिरे,स्वार्गिय शहिद बुद्धिसागर बस्यालकी धर्मपत्नी गोमा बस्याललाई सम्मानपत्र र विद्यार्थी अनिश घिमिरे र राजिब बस्याललाई कापी,कलम र डायरीले सम्मान गरिएको थियो ।
शहिदहरुको सम्मानप्रति राज्यले राजनीतिकरण गरेको र जीवन आहूति दिने शहीदहरुप्रति राज्यले उचित सम्मान गर्न नसकेको मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालले आरोप लगाउनुभयो ।
खनालले आफ्नो ज्यानको बलिदान दिएर राष्ट्रको अमुल परिवर्तनका लागि शहिद भएका परिवारलाई सरकारले संरक्षण गर्न नसकेको बताउनुभयाे ।
स्वार्गिय शहिद नारायण घिमिरेकी धर्मपत्नी शारदा घिमिरेले हामीले परिवार गुमाएका छौँ, हाम्रो सिन्दुर पुछिएको छ, खै हाम्रो पिडा कसैले बुझ्ने प्रश्न गर्नुभयो रु शहिद परिवारका पिडा सरकारले वेवस्ता गरेको उहाँले गुनासो गर्नुभयो ।
देशको निम्ति हाम्रा अफान्त, परिवार र सन्ततीले दिएको जीवन अहुति सरकारले भुलेको छ, सरकारले हिजाका शहिदलाई राजनितिक सत्ता प्राप्तिका लागि मात्र सिढी बनाएको र आज ति परिवारलाई भुलेको शारदाले बताउनुभयो ।
अलायन्स क्लब अफ सैनामैनाका अध्यक्ष कृष्ण भण्डारीले शहिद परिवारलाई सम्झना स्वरुप सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अलायन्स क्लब अफ सैनामैनाका पिआरओ सुदन पौडेलको स्वागत तथा क्लबका सचिव प्रेम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)