Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

क्यानन माविमा अभिभावक नृत्य प्रतियोगिता, बिनिता नेपाली प्रथम

क्यानन माविमा अभिभावक नृत्य प्रतियोगिता, बिनिता नेपाली प्रथम

  • 7.0K
    SHARES

  • क्यानन माविमा अभिभावक नृत्य प्रतियोगिता, बिनिता नेपाली प्रथम

    बुटवल,साउन ३ ।

    क्यानन माध्यमिक विद्यालय बुटवलमा अभिभावक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा बिनिता नेपाली प्रथम  भइ नगद  ५ हजार ,प्रमाणपत्र र मायाको चिनो पाइन् ।

    त्यस्तै स्मिता पुन दोस्रो भइ ४ हजार नगद,प्रमाणपत्र र मायाको चिनो पाइन् । प्रतियोगितामा सुमन खाम्चा तेस्रो भएर नगद ३ हजार ,प्रमाणपत्र र मायाको चिनो पाए भने नेत्र डुम्रे सान्त्वना भइ २  हजार नगद,प्रमाणपत्र र मायाको चिनो पाएका छन् । उत्कृष्ट दर्शक रोजाइमा गौरव पुन भइ १ हजार नगद सहित,प्रमाणपत्र र मायाको चिनो पाए ।

    १३ जना प्रतियोगि रहेको सो प्रतियोगितामा नृत्य निर्देशक अनु रजक र किशोर थापा निर्णायक रहेका थिए । सो अवसरमा विद्यालयका प्रिन्सिपल शंकर भण्डारीले उनीहरूलाइ पुरस्कार प्रदान गरे । कार्यक्रममा कलाकार रितु शाहीले सहभागिलाइ दिनभर गीत गाएर नचाएकी थिइन् ।

    माबिमै कक्षा ११ मा भर्ना भएका व्यवस्थापन र विज्ञान समूहका नयाँ विद्यार्थीहरूका लागि शनिबार अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ।

     कार्यक्रम विद्यालयका अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षता, राष्ट्रिय परीक्षा बोर्ड, लुम्बिनी प्रदेशका शाखा अधिकृत तारा पाण्डेको प्रमुख आतिथ्य, र विद्यालयका प्रिन्सिपल शंकर भण्डारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा २०० जना भन्दा बढी विद्यार्थी, अभिभावक, शिक्षक सहभागिता रहेको मिनराज गिरीले बताए ।

    प्रमुख अतिथि तारा पाण्डेले विद्यार्थी पढाइलाई बोझ नभई रमाइलोको रूपमा लिनुपर्नेमा जोड दिए। विद्यालयका अध्यक्ष थानेश्वर पौडेलले विद्यालयको स्थापना २०५३ सालमा भएको स्मरण गरे। उनले भने -क्यानन स्कुल स्थापना कालदेखि नै गुणस्तरीय र व्यवहारमुखी शिक्षामा विश्वास गर्दै आएको छ।

    प्राचार्य शंकर भण्डारीले विद्यार्थीको केवल शैक्षिक प्रगति होइन, जीवनमा सफल हुन आवश्यक सबै पक्षहरूलाई समेट्ने शिक्षा दिन खोजेको बताए  उनले भने-‘हाम्रो निरन्तरता, प्रतिबद्धता र अभिभावकको विश्वासले सम्भव भएको हो,कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई हामीले अनुशासन, आत्मविश्वास र दृष्टिकोण निर्माणको अवसर दिन्छौं।’

    सहायक प्रिन्सिपल विष्णु प्रसाद न्यौपानेले शिक्षा केवल किताबी ज्ञान नभई व्यवहार, सोच र सिर्जनशीलता जोडिएको प्रक्रिया हो भन्ने धारणा राखे । कार्यक्रमका सञ्चालक पवन बस्यालले विद्यालयको संरचना, शैक्षिक योजना, सुविधाहरू र भविष्यको लक्ष्यबारे सहभागीहरूलाई जानकारी गराए ।

    त्यसैगरि विद्यालयले साउन ५ गतेदेखि ८ गते सम्म ‘क्रिकेट क्लोज क्याम्प’ गर्ने भएक विद्यालयले ब्राण्ड एम्बेसडरको रुपमा राष्ट्रिय क्रिकेट खेलाडी देव खनाललाई राखेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology