Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

कान्ति माविका नव आगन्तुक बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

कान्ति माविका नव आगन्तुक बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

  • 2.4K
    SHARES

  • कान्ति माविका नव आगन्तुक बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

    बुटवल,साउन २ ।

    कान्ति माध्यमिक विद्यालय कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि लागि अभिमूखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा भएको
    कार्यक्रममा प्रमुख अतिथिको मनतव्य राख्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधब बन्जाडेले देशमै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित कान्ति मा वि का विद्यार्थी , शिक्षक र अभिभावक देशका अन्य विद्यालयका लागि प्रेरणाको स्रोत बन्नुपर्ने बताए ।

    विगतका वर्षको तुलनामा यो वर्ष माध्यमिक शिक्षा परिक्षामा रुपन्देहीको शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार हुनुमा यहाँका सामुदायिक विद्यालयको शैक्षिक प्रशासन , शिक्षक, विद्यार्थी र अभिभावकको महत्त्वपूर्ण भुमिका रहेको बताए । 
    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष जीवन प्रसाद ओझाले विद्यालयको उच्चस्तरीय सफलतामा शिक्षक विद्यार्थी र अभिभावक मुख्य जिम्मेवार रहेकोले आगामी दिनहरुमा विद्यालयले शैक्षिक उत्कृष्टताका लागि मात्रै नभई बुटवल मोफसलको मात्रै नभई देशको शैक्षिक हब बनाउने गरि अगाडि बढ्ने बताए । 
    कार्यक्रमका विशिष्ट अतिथि प्राधानाध्यापक गोविन्द ज्ञवालीले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयका विशेषता , उपलब्धि , आचारसंहिता र १९ ओैँ ब्याचबाट गरिएका अपेक्षाका बारेमा स्पष्टता पारेका थिए । 
    त्यसैगरी कक्षा ११र१२ विज्ञान समुहका ईन्चार्ज मोहन भट्टराईले विद्यार्थीहरुलाई शुभकामना मनतव्य राख्दै देशका ४० जिल्लाका ११९६ विद्यार्थी यो वर्ष कक्षा ११ मा भर्ना भएको र सामुदायिक विद्यालयमा देशभरमै सबैभन्दा धेरै विज्ञान विषयमा विद्यार्थी भर्ना भएको बताए । 
    नवआगन्तुक विद्यार्थीका तर्फबाट विद्यार्थी एलिजा पोखरेलले आफुले खोजेको युग सापेक्ष शिक्षा र सहजीकरण कान्ति मा विले प्रदान गर्ने विश्वासका साथ विद्यालयमा भर्ना भएको बताईन । 
    कार्यक्रममा विद्यालयका संरक्षक बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल , स्थानीय जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरु , शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा २०८२ साल जेठमा सञ्चालित कक्षा ११ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हाशिल गर्ने विद्यार्थीहरुलाई नगद  पुरस्कार सहित सम्मान गरिएको थियो । 
    कार्यक्रममा जीवन , दर्शन र अनुशासन एवम् विद्यार्थीका जिम्मेवारीका बारेमा सफल कार्यक्रम उद्घोषक गोपाल प्रसाद अधिकारीले विद्यार्थीलाई उत्प्रेरणामुलक प्रशिक्षणले अभिमूखिकरण गरेका थिए भने कार्यक्रम कक्षा १२ का विद्यार्थी आकृत के सी को अध्यक्षता , अनिल पौडेल र अंशु घर्तीको सञ्चालन एवम् अनुष्का न्यौपानेको स्वागत मनतव्यमा सञ्चालन भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, श्रावण २ २०८२०६:४५:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology