बुटवल,माघ १७-
अहिले देशका केही पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईका केही स्थानमा बाक्लो हुस्सु-कुहिरो लागिरहेको छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव परेको छ। महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ।
माघ १७ गते शनिबार :
दिउँसो : प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
राती :प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
माघ १८ गते आइतबार :
दिउँसो : प्रदेश नम्बर १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
राती : देशको को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
माघ १९ गते सोमबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का हिमापातको सम्भावना साथै तराईका भूभागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)