Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

मन्त्री बलाराम अधिकारीले घुसवापत ३२ लाख रुपैया लिएको खुलासा

मन्त्री बलाराम अधिकारीले घुसवापत ३२ लाख रुपैया लिएको खुलासा

  • 609
    SHARES

  • मन्त्री बलाराम अधिकारीले घुसवापत ३२ लाख रुपैया लिएको खुलासा

    काठमाडौँ,साउन १  ।

    भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी विकास मन्त्री बलाराम अधिकारीको नयाँ अडियो बाहिरिएको छ।मन्त्री अधिकारीले पोखराको जग्गा व्यक्तिको नामा दर्ता गर्न भन्दै माफियाहरुसंग ३२ लाख रुपैया लिएको थप खुलासा भएको हो।

    निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासंग नाम जोडिएका भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी विकास मन्त्री बलराम अधिकारीको नयाँ अडियो सार्वजनिक भएको छ।

    बुधबार सार्वजनिक भएको अडियो मन्त्री अधिकारीले आफ्नो छोरा मनोज अधिकारीलाई प्रयोग गरिएको पाइएको छ। पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत जोडिएको पछिल्लो अडियोले थप पुष्टि भएको छ।

    यस अघि निवर्तमान सामान्य प्रशासन मन्त्री गुप्ताले घुस लिएको अडियोमा मन्त्री अधिकारीको नाम समेत पोलिएको थियो। तर ,उनले प्रतिनिधि सभामा बोल्दै जुन ‌औँलामा विष लागेको हो त्यही झर्ने दाबी गर्दै यस घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका थिए। बुधवार सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीसमेत जोडिएका छन्।

    सार्वजनिक भएको नयाँ अडियोमा यस जग्गा मिलाउनका लागि मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी गरिएको छ। अडियोमा मन्त्री गुप्ता, अधिकारी र सचिव पोखरेलसहितका लागि डेढ करोड बढी रकम खर्च भइसकेको दाबी गरिएको छ।

    अडियोमा भूमि व्यवस्था मन्त्री अधिकारीले ३२ लाख, गुप्ताले ३५ लाख र सचिव पोखरेलले पाँच लाख लिएको दाबी गरिएको छ। यसअडियोमा कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी समेत जोडिएका छन्।

    अडियो संवादमा मन्त्री अधिकारीले मनोज मार्फत पैसा लिएको दाबी गरिएको छ। अडियोमा मन्त्रीका छोरा मनोज न्युजिल्याण्डमा बस्ने गरेको र बुबा मन्त्री भएर पछि नेपाल आएर पैसा उठाउने काम गर्ने गरेको उल्लेख गरिएको छ। मन्त्रालय अन्तर्गतको सरुवामा मन्त्रीका छोरा मनोजले पैसा लिएर काम गर्ने गरेको दाबी गरिएको छ।

    अडियोमा भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिको प्रसङ्ग छ। मन्त्री अधिकारीसँग भेट्दा पहिला किन नआएको सुजन भाइ। खेम पुनमा अडान लिएको हो भने म गर्थेँ नि’ भनेर भनेको दाबी गरिएको छ।

    अडियोमा मंगलबार राजीनामा दिएका सामान्य प्रशासन मन्त्री गुप्तासँगको अडियो संवाद समेत छ। यस अडियोमा जग्गा व्यक्तिको नाममा गर्न सक्रिय समूहका सदस्यले मन्त्री अधिकारीसँगको भेटको प्रसङ्गबारे गुप्तालाई बताउँदै ‘सामान्यले फालेपछि म काम गर्छु’ भनेको बताएका छन्।

    ‘बुधबार सार्वजनिक भएको नयाँ अडियोमा मंगलबार राजीनामा दिएका मन्त्री गुप्ताले भर्खर सचिव नयाँ ल्याएको तर उ पहिलाको भन्दा पनि बाप रहेको भन्दै उनले पशुपतिनाथ र छोराको कसम खाएका छन्।

    ‘पशुपतिनाथको कसम खाएर भनिरहेको छु। छोराको कसम खाएर भनिराखेको छु। सचिवसँग झगडा भयो। यो त पहिलाको बाप रहेछ।‘ नयाँ अडियोमा घुस दिने व्यक्ति मन्त्री गुप्तालाई भेट्न पोखराबाट प्लेनमा काठमाडौँ आउन लाग्दाको फोन संवाद सुनिन्छ। मन्त्री गुप्ताले ११ बजे राज्य व्यवस्थाको बैठक रहेको र त्यसपछि प्रधानमन्त्रीको कार्यालय जानुपर्ने भएकाले चार बजेतिर कल गरेर दुई भाइ मात्र बस्ने कुरा गरेका छन्।

    ‘तपाइले भनेपछि म काम गर्छु। तपाईँको समस्या मेरो समस्या हो’ गुप्ताले भनेका छन्। अडियोमा प्रकाश दाहाल, आर्यन शर्मा लगायतले मन्त्री बलराम अधिकारीको छोरा पोखरा आएको बेलामा पैसा लिएर रामचन्द्रको सरुवा गरेको दाबी गरिएको छ।

    मन्त्री बलरामले पैसा लिएको उनकै छोरा सुजनले पुष्टि गरेको अडियोमा दाबी गरिएको छ। अडियो अनुसार मन्त्री अधिकारीलाई ३२ लाख मन्त्री क्वाटरमा लगेर बुझाइएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology