Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाज केन्द्रीय कार्यालयमा पुगे डा. शेखर कोइराला

शान्ति समाज केन्द्रीय कार्यालयमा पुगे डा. शेखर कोइराला

  • 963
    SHARES

  • शान्ति समाज केन्द्रीय कार्यालयमा पुगे डा. शेखर कोइराला

    बुटवल, असार ३१ ।


    सांसद तथा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संसोधनका सन्दर्भमा शान्ति समाजले अघि सारेको एजेण्डा महत्वपूर्ण भएको बताउनुभएको छ ।

    २०८२ असार ३१ गते बिहान मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय वाग्मतीनगरस्थित सभाकक्षमा सम्पन्न संक्षिप्त कार्यक्रममा बोल्दै डा. कोइरालाले जलवायु न्यायको विषय आफुले संसद, आफ्नो दल नेपाली काँग्रेस लगायत विभिन्न फोरममा उठाउने दृढता व्यक्त गर्नुभएको हो ।

    शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जलवायु न्याय सम्बन्धी शान्ति समाजको १० बुँदे धारणा केन्द्रीय सदस्य रोजिना विष्टले प्रस्तुत गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष चन्द्रमणी बञ्जाराले गर्नुभएको थियो ।

    स्मरणीय छ, शान्ति समाजले संविधान संसोधनका क्रममा संविधानको प्रस्तावनामा नै अहिंसात्मक जीवनधारा र जीवनचक्र परिस्थिति सन्तुलन समावेश गर्नुपर्ने भन्दै अभियान सञ्चालन गर्दै आएको छ ।  यसैगरी समाजले विगत दुर्ई दशकदेखि प्राकृतिक विपत्तिका दौरान उद्धार, राहत र पुर्नवासका लागि बलियो स्थायी संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।

    कार्यक्रमा समाजका संस्थापक सभापति, पूर्व सभापतिहरु, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र शान्ति समाजका विभिन्न शाखाका सदस्यहरुको सहभागिता थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology