Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२०८४ को निर्वाचनअघि नै प्रधानमन्त्री पदबाट राजीनामा दिने ओलीको घोषणा

२०८४ को निर्वाचनअघि नै प्रधानमन्त्री पदबाट राजीनामा दिने ओलीको घोषणा

  • 1.1K
    SHARES

  • २०८४ को निर्वाचनअघि नै प्रधानमन्त्री पदबाट राजीनामा दिने ओलीको घोषणा

    बिर्तामोड,असार २९–

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    झापाको बिर्तामोडमा आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले एक वर्ष सरकार सञ्चालन गरेर पद हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।  'हामी काम गर्नका लागि सरकारमा गएका हौं,' ओलीले भने, 'एक वर्षभित्र धेरै काम गरेका छौं, अझ धेरै गर्न बाँकी छ ।'

    उनले आफू नेतृत्वको सरकारले युगान्तकारी काम गरेको दाबी गर्दै तराईको हुलाकी सडक र चुरे क्षेत्रको मदन भण्डारी राजमार्ग आफ्नै पहलमा रेखांकन भएको उल्लेख गरे । ओलीले एमालेलाई कमजोर पार्न सुनियोजित षड्यन्त्र भइरहेको आरोप पनि लगाए ।

    'एमालेलाई टिक्नै नदिने, टिकिहाले उम्रिनै नदिने, उम्रिहाले हुर्किनै नदिने गरी चारैतिरबाट घेराबन्दी गरिएको छ,' उनले भने ।उनले एमालेबिनाको नेपाल सम्भव नरहेको जिकिर गर्दै पार्टीलाई थप सुदृढ बनाएर जनताको भरोसा जित्ने उद्घोष गरे ।

    शनिबार झापा आएका ओलीले आइतबारसम्म आधा दर्जन विकास योजनाहरूको उद्घाटन गरेपछि आइतबारै काठमाडौं फर्किने कार्यक्रम छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology