Logo बिहिवार, आश्विन १ गते २०८३
images

वातावरण बचाउँदै हरियाली प्रवर्द्धन गर्न लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा वृक्षरोपण

वातावरण बचाउँदै हरियाली प्रवर्द्धन गर्न लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा वृक्षरोपण

  • 1.1K
    SHARES

  • वातावरण बचाउँदै हरियाली प्रवर्द्धन गर्न लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा वृक्षरोपण
    बुटवल,असार २८ –

    वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ लायन्स क्लव अफ बुटवल सिद्धबाबाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
    क्लवका अध्यक्ष भूमिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लवका सन्दीप कसौधन रहनुभएको थियो। कार्यक्रममा बोल्दै कसौधनले यस्ता कार्यक्रमहरू समाज र प्रकृति दुवैका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।lions.jpg
    उहाँले वृक्षारोपणजस्ता कार्यले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने र यस्ता अभियानहरूलाई सबै संस्थाहरूले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
    नयाँगाउँमा रहेको क्लव परिषरमा फलफूलका बिरुवाहरु रोपिएको क्लवका अध्यक्ष भूमिप्रसाद सापकोटाले बताउनुभयो। कार्यक्रममा एरिया चिफ शेषनारायण बस्याल, संस्थाका सल्लाहकार तुलसीराम भण्डारी तथा पूर्व अध्यक्षहरू टङ्क प्रसाद गैरे, गणेश भट्टराई,  कृष्णप्रसाद भुसाल, ठाकुरप्रसाद आचार्य, ज्योति भण्डारी, झविन्द्र अधिकारी, नारायण तिवारी,सिताराम रसाईली, कार्यक्रम संयोजक नेत्रप्रसाद पाण्डे, तुलसीराम न्यौपाने लगायतले बेल्नुभएको थियो।
    लायन्स क्लब अफ बुटवल सिद्धबाबाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिने धारणा उपस्थित अधिकांशले व्यक्त गरेका थिए।tree.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology