Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

कान्ति मावि : व्यवस्थापन समितिको पहिलो बैठकले के-के गर्‍यो निर्णय ?

कान्ति मावि : व्यवस्थापन समितिको पहिलो बैठकले के-के गर्‍यो निर्णय ?

  • 3.0K
    SHARES

  • कान्ति मावि : व्यवस्थापन समितिको पहिलो बैठकले के-के गर्‍यो निर्णय ?

    बुटवल,असार २७ ।

    कान्ति माध्यमिक विद्यालय (कान्ति मावि) बुटवलको नव निर्वाचित विद्यालय व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न भएको छ।

    बैठकको अध्यक्षता गर्दै जेष्ठ सदस्य शर्माले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराएकोमा मतदान अधिकृत झविन्द्र बञ्जाडे सहितको टिम, वडा अध्यक्ष नरिश्वर पौडेल, बुटवल उपमहानगरपालिका शिक्षा शाखा, विद्यालय प्रशासन, प्रधानाध्यापक तथा मतदाता अभिभावकप्रति समितिको तर्फबाट धन्यवाद ज्ञापन गरे। उनले सबै पक्षलाई समेटेर छिट्टै व्यवस्थापन समितिलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे।

    वडा अध्यक्ष नरिश्वर पौडेलले निर्वाचित सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले पनि निर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै विद्यालयको समग्र विकासमा नयाँ समितिको महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरे। उनले विद्यालयमा सञ्चालित शैक्षिक तथा भौतिक गतिविधिहरूको बारेमा पनि जानकारी गराएका थिए। बैठक निर्वाचित जेष्ठ सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको हो।

    बैठकमा निर्वाचित सदस्यहरू मित्र गिरी, कमला पन्थी र संगिता पोख्रेलले विद्यालयको हितमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    यसैबीच  शिक्षा ऐनअनुसार चन्दादाता, संस्थापक वा विद्यालय विकासमा योगदान गरेका एक महिला सहित दुई सदस्य मनोनयन गरेपछि, छ जना सदस्यमध्येबाट समितिको अध्यक्ष चयन गर्नुपर्ने प्रावधान छ। यस विषयमा विभिन्न व्यक्तिहरूको नाम चर्चामा रहेपनि मतदाता अभिभावकहरूले निर्वाचित सदस्यहरू मध्येबाटै अध्यक्ष चयन गर्नुपर्ने माग गरेका छन्।
    राजनीतिक खिचातानीका कारण १५ महिनासम्म सहमतिमै समिति गठन हुन नसकेको अवस्थामा कान्ति माविमा यही असार २१ गते निर्वाचन सम्पन्न भएको हो। कान्ति मावि देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक मानिन्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology