बुटवल,असार २७।
मोबाइल संघ रुपन्देहीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मोबाइल ब्यावसायी महासंघको स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ ।
संघका अध्यक्ष शिबदेब अर्यालको अध्यक्षता तथा नेपालमोबाइल महासंघ केन्द्रिय सदस्य बिष्णु ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।सो अवसरमा बोल्दै ज्ञवालीले संघले रुपन्देहीमागरिरहेको रचनात्मक कार्यक्रम सह्राना योग्य रहेको बताउनुभयो ।
सो अवसरमा नेपाल मोबाइल बितरक संघ लुम्बिनीअध्यक्ष राजेन्द्र पाण्डे, महासचिव शालिकराम क्षेत्री,कोषाध्यक्ष भुवन पाण्डे,रक्तदान कार्यक्रमका सम्योजक दिपेन्द्र पाण्डे लगायतले बोल्नुभएको थियो। रक्तदान जीवनदान’ भन्ने मूल नारालाइ सबैले आत्मसाथ गरेर रक्तदान गर्ने बानीकोबिकास गर्नुपर्ने धारणा राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)