Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

मौद्रिक नीति सार्वजनिक : निजी घर किन्न ३ करोडसम्म ऋण पाइने

मौद्रिक नीति सार्वजनिक : निजी घर किन्न ३ करोडसम्म ऋण पाइने

  • 1.5K
    SHARES

  • मौद्रिक नीति सार्वजनिक : निजी घर किन्न ३ करोडसम्म ऋण पाइने

    काठमाडौं,असार २७

    निजी तथा आवसीय घर निर्माण तथा खरिदको लागि बैंकहरूले दिन पाउने ऋणको सीमा बढाइएको छ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

    अहिले यस्तो घर निर्माणमा २ करोड रूपैयाँसम्मको कर्जा उपलब्ध गराइएको छ। तर राष्ट्र बैंकले थप एक करोड कर्जा बढाएर ३ करोड रूपैयाँ पुर्‍याएको हो।

    त्यस्तै, पहिलो घरको लागि सम्पत्तिको मूल्यको आधारमा दिइने कर्जा अनुपात (कर्जा मूल्य अनुपात) ८० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरिएको छ।

    त्यस्तै अन्यको हकमा भने ७० प्रतिशतसम्म दिने व्यवस्था गरिएको छ। यसअघि यस्तो अनुपात ७० र ६० प्रतिशत रहेको थियो।यसले घर जग्गको कारोबार सुधार ल्याउन सहयोग पुग्ने बताइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology