बुटवल,असार २७ ।
आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा अजय कुमार गुप्ताले उम्मेदवारी दिनेघोषणा गरेका छन् । भैरहवाका अजय कुमार गुप्ताले बिहीबार पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा उम्मेदवारी दिनेघोषणा गरेका हुन् ।
गत वैशाख ३० गते राप्रपाको जिल्ला उपसभापति पदबाट राजीनामा दिएका गुप्ताले चुनाव लड्ने बताएका हुन् । अबको नेतृत्व रैथाने युवाको हुनुपर्ने नाराका साथ आफू चुनाव लड्न लागेको उनले बताए ।
विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनतामाझ गरेका वाचा काठमाडौँ पुगेपछि बिर्सिने गरेको बताउँदै राजनीतिकनेतृत्वले ध्यान नदिएका कारण अरबौँ लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुननसकेको बताए ।
उनले पर्यटन, कृषि, उद्योग, शिक्षा, रोजगार, क्षेत्र विस्तार आफ्नो प्रमुख एजेन्डा रहेको समेत बताए । उनले गुणस्तरीयशिक्षाका लागि पालिका स्तरदेखि समाधानको पहल, जिल्लामा उत्पादित सम्पूर्ण सामग्रीलाई विश्व बजारसम्मजोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी, अन्तर्राष्ट्रिय रूपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्रविस्तार गरी उपमहानगर बनाउने पहल गर्ने आफ्नो एजेन्डा रहेको बताए ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएकादीपक बोहराको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)