भैरहवा, असार २४ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी.ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ ।
सिद्धार्थनगर–६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयबाट एसईईमा उत्तीर्ण विद्यार्थीहरुको घरमै पुगेर उहाँले खादा र टीका लगाएर तथा झोला (ब्याग) प्रदान गरेर सम्मान गर्नुभएको हो । व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई सम्मान गरेको नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव समेत रहनुभएका के.सी.ले जानकारी दिनुभयो ।
सम्मानित हुनेमा सिद्धार्थनगर–६ पिपरहियाकी खुसी चौधरी, वडा नम्बर ४ की सहारा नेपाली, सृष्टि नेपाली, गौरी केवट र वडा नम्बर १० का धिरज यादव रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)