बुटवल,असार २३ ।
दुई दशकसम्म कान्ति माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा कब्जा जमाएको एमालेले हार बेहोरेपछि नयाँ तरंग आएको छ ।
चुनावमा एमाले निकटका अभिभावक भने पराजित भए। खुल्ला तर्फ विपक्षी गठबन्धनबाट नेकपा बिप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा बिजयी भएका छन् ।
कान्ति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनको माध्यमबाट चयन भएको छ । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।
उनले ५१४मत प्राप्त गरे । त्यसैगरि खुल्ला तर्फबाटै गठबन्धनमा पूर्व माओवादी केन्द्र र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी भएका छन् । महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर बिजयी भएकी छन् भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत प्राप्त गर्दै विजयी बनेकी छन् ।
यस्तै खुल्ला तर्फ शिवप्रसाद आचार्यले ३५५ र हुमनाथ पाण्डेले ३४५ प्राप्त गरेका छन् । महिला तर्फ राधीका पन्थीले ३८३ र गिता अर्याल पन्तले २४६ मत पाएका छन् । ३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।
नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिए पनि कांग्रेस र एमालेको दलीय स्वार्थका कारण १५ महिनापछि अन्ततः निर्वाचनबाटै व्यवस्थापन समिति गठन भएको हो ।
नेपालको संविधान २०७२ का अनुसार स्थानीय तहले शिक्षा हेर्ने भएपछि बुटवल क्षेत्रमा पहिलोपटक चुनावबाट विद्यालय व्यवस्थापन समिति गठन भएको हो।नेपालको संविधान २०७२ का अनुसार स्थानीय तहले शिक्षा हेर्ने भएपछि बुटवल क्षेत्रमा पहिलोपटक चुनावबाट विद्यालय व्यवस्थापन समिति गठन भएको हो।
दलीय स्वार्थका कारण १५ महिनापछि अन्ततः निर्वाचनबाटै व्यवस्थापन समिति गठन भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)