बुटवल,माघ १६-
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार शहिदको सम्झनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले शहिदको वास्तविक सपनाअझै पनि पुरा नभएको भन्दै त्यसलाई पुरा गर्नकालागि आजका बालबालिकाले भोली देशको सक्षम नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका अङ्ग्रेजी माध्यमका संयोजक दिपेन्द्र शाक्य, कक्षा १० मा अध्ययनरत छात्र कुशल आचार्य र कक्षा ९ मा अध्ययनरत छात्रा सिमा न्यौपानेले शहीद दिवशको सान्दर्भिकता र शहिदको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
यस अघि शहिदहरुको तस्विरमा माल्यापर्ण र एक मिनेट मौन धारण सहित उहाँहरुको स्मरण र सम्मान कार्यक्रम गरिएको शिक्षक दिनेश खड्काले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)