बुटवल, असार २१ ।
सेन्चुरी समाज बुटवल - २ रुपन्देहीको आयोजनामा बुटवलमा दोस्रो करिअर परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेन्चुरी समाज रुपन्देहीका अध्यक्ष मान बहादुर सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनारले एसईई उत्तीर्ण विद्यार्थी तथा प्लस टु अध्ययनरत विद्यार्थीलाई करियर परामर्शले शैक्षिक प्रगतिमा सहजता हुने बताए । विद्यार्थीमा पढाईको अलाबा अतिरिक्त कार्यमा सरिक हुँदा व्यक्तित्व तथा क्षमता विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा प्रशिक्षकहरु चार्टर्ड एकाउन्टेन्ट दीपक सेन्चुरी, अध्यापक जीवन परियार, सुनाई तथा बोली विशेषज्ञ ईन्द्र बहादुर सुनार, ई. राजेन्द्र गहतराज, अधिवक्ता दीपा गहतराज, बिएस्सी नर्सिङ बिमला बस्याल र डा. सुनिल सुनारले सहजीकरण गरेका थिए । उक्त परामर्श तथा अन्तरक्रिया कार्यक्रममा करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको प्रायोजन हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी सहकारी संस्था लिमिटेड, सहप्रायोजक साधना हेयरिङ एन्ड थेरापी सेन्टर, प्रफेक्ट टेलर एन्ड बुटिक बुटवल -११ देवीनगर र राग श्री संगितालय रहेका थिए ।
सन्दीप सेन्चुरीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन समाजका सचिव मीन सेन्चुरीले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)