बुटवल,असार २० ।
विद्यालय शिक्षा परीक्षा (एसइई)को नतिजामा रूपन्देहीको देवदह नगरपालिकाले उल्लेख्य सुधार गरेको छ । सामुदायिक विद्यालयतर्फ भविष्यनिर्माण मावि देवदह–२ ले शप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको हो ।
विद्यार्थी ग्रिष्मा भुषालले ३.९६ जिपिए ल्याएको शिक्षक श्याम न्यौपानेले नागरिक अनलाइनलाइ जानकारी दिए । उनी सामुदायिक विद्यालय तर्फ सबैभन्दा बढि जिपिए ल्याउने विद्यार्थी भएको शिक्षा शाखाले जनाएको छ ।
भविष्य निर्माणबाट यसबर्ष १३ जना विद्यार्थीले एसइई दिएकोमा सवै विद्यार्थी उत्तिर्ण भएको देवदह नगरपालिका शिक्षा शाखाका अधिकृत परशुराम ढकालले जानकारी दिए ।
२०७९ सालदेखि कक्षा ८ को परिक्षामा सुधार ल्याएका कारण देवदहको एसईई परिक्षाको नतिजामा सुधार आएको शिक्षा शाखाले जनाएको छ ।
सामुदायिक र संस्थागत गरी देवदहका कुल २५ वटा विद्यालयबाट ७८९ विद्यार्थी सहभागि एसइईमा ७०९ जना विद्यार्थी उत्तिर्ण भए । उत्तिर्ण संख्याको आधारमा देवदहले ८९.८६ प्रतिशत नतिजा निकाल्न सफल भएको छ, जुन गत बर्षको भन्दा झण्डै दोब्बरले बढि हो ।
गतबर्ष देवदहबाट ४७.४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।यो बर्ष सामुदयिक र संस्थागत विद्यालयबाट गरि ९ वटा विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छन् । यस्तै शप्रतिशत नतिजा ल्याउने संस्थागत विद्यालयहरुमा देवदह बुद्ध पब्लिक ई बो स्कुल देवदह–५, सगरमाथा ई बो स्कुल देवदह–७, देवदह ई बो स्कूल देवदह–७, ग्रिनप्लान्ट ई बो स्कुल देवदह–७, न्यू लुम्बिनी ई बो स्कूल देवदह–५, मदरल्याण्ड एकेडेमी देवदह–३, न्यू नमुना ई बो स्कूल देवदह–९ र कोलिय ई बो स्कुल देवदह–१० रहेका छन् ।
एसइईमा बुद्धपब्लिकबाट ५१ जना, सगरमाथाबाट ५३, देवदहबाट ४७, ग्रिनप्लान्टबाट ५५, न्यू लुम्बिनीबाट ३९ मदरल्याण्डबाट १२, न्यू नमुनाबाट ३९ तथा कोलियबाट १७ जना विद्यार्थी एसईईमा सहभागि थिए ।
यसैगरि सामुदायिक तर्फ केरवानी मावि देवदह–५ ले ९५.६५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । यस्तै जनप्रिय मावि देवदह–१० ले ९५.१२ प्रतिशत, सीता मावि चरंगेले ९३.७५ प्रतिशत, सरस्वती मावि देवदह–१ ले ९२.८६ प्रतिशत, जनता मावि देवदह–८ ले ९२ प्रतिशत, युगज्योति मावि देवदह–६ ले ८९.३६ प्रतिशत र महामाया भवानी मावि देवदह–४ ले ७९.४१ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् ।
त्यसैगरी खड्ग मावि देवदह–१ बाट ७८.२६ प्रतिशत, प्रगति मावि देवदह–१२ बाट ६९.७७ प्रतिशत, देवदह मावि देवदह–७ बाट ६९.३९ प्रतिशत र ज्ञानल्योति मावि देवदह–८ बाट ४३.७५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
यसबर्ष सिक्टहन मावि देवदह–१२ बाट सबैभन्दा कम विद्यार्थी उत्तिर्ण भएका छन् । सिक्टहनबाट २६ जना विद्यार्थी एसइईमा सहभागि भएकोमा जम्मा ४ जना विद्यार्थी उत्तिर्ण भएका हुन् । सिक्टहनबाट १५.३८ प्रतिशत विद्यार्थी यस बर्षको एसईईमा उत्तिर्ण भएका छन् ।
यस्तै संस्थागत तर्फ एसियन लाइट इ बो स्कु्लबाट ९५.८३ प्रतिशत, देवदह मदरटङ्गस एकेडेमीबाट ९२.८६ प्रतिशत, नारायणी पब्लिक हाईस्कुल देवदह–१ बाट ९०.९१ प्रतिशत र सेभेन स्टार इ बो स्कुलबाट ९०.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको शिक्षा शाखा देवदहले जनाएको छ ।
यसबर्षको एसईईमा बुद्ध पब्लिकका दुईजना विद्यार्थी आर्यन पाण्डे र विवेक भुषालले ४ जिपिए ल्याएका छन् । देवदहका विद्यालयबाट एसईईमा २ विद्यार्थीले ४ जिपिए पहिलोपटक ल्याएको नगर शिक्षा अधिकृत ढकालले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)