Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

सरकारी गाडीकाे ठक्करबाट बुटवलमा एक युवा घाइते

सरकारी गाडीकाे ठक्करबाट बुटवलमा एक युवा घाइते

  • 900
    SHARES

  • सरकारी गाडीकाे ठक्करबाट बुटवलमा एक युवा घाइते

    बुटवल,असार १४  ।

    गुल्मीको रेसुंगा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा गुल्मी मुसिकोट नगरपालिका–१ निवासी रञ्जीत खत्री रहेका छन् ।

    उनी हाल बुटवलको बेलबासस्थित एडमन्ड सिटी अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।पश्चिमबाट बुटवलतर्फ आउंदै गरेको रेसुंगा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ १४ २०८२०१:३५:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology