Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिबिहीन दिवस सम्पन्न

रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिबिहीन दिवस सम्पन्न

  • 804
    SHARES

  • रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिबिहीन दिवस सम्पन्न

    बुटवल, असार १३ ।

    रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिबिहीन दिवस मनाइएको छ । श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीले शुक्रबार बुटवलमा कार्यक्रम गरी श्रवण दृष्टिीबिहीन दिवस दिवस मनाउदै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।

    संयुक्त राष्ट्रसंघ महासभाले १६ जुन सन् २०२५ अर्थात २०८२ असार १ गते सर्वसम्मत रुपमा ए-७९-एल.९२ प्रस्ताव पारित गर्दै जुन २७ लाई अन्तर्राष्ट्रिय श्रवण दृष्टिबिहीन दिवसको रूपमा घोषणा गरेको छ । IMG_1273.jpeg
    कार्यक्रममा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र, रूपन्देहीका शिक्षा अधिकृत दीपक माझीले श्रवण दृष्टिबिहीन व्यक्तिहरुको लागि यो दिवस ऐतिहासिक उपलब्ध भएको बताए । अधिकृत माझीले श्रवणदृष्टिबिहीन बालबालिकाका लागि शिकाई केन्द्रहरु थप गर्दै जान आवश्यक रहेकोमा जोड दिए ।

    श्रवण दृष्टिबिहीन व्यक्तिहरुको सञ्चारका अधिकार र स्वावलम्बनका लागि आवश्यक सेवा र प्रविधिको पहुँच विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा शान्ति नमूना मावि तिलोत्तमाका सह– प्राचार्य लोकनाथ कंडेल श्रवण–दृष्टिविहिन आवाससहितको विषेश विद्यालय सञ्चालन भइरहेको बताए । यस्ता बालबालिकाले पाउनु पर्ने अन्य सबै प्रकारका हक र अधिकार संरक्षण, संवद्र्धनका निम्ति राज्यबाट अझै सहयोग आवश्यक रहेको बताए । 
    कार्यक्रममा बुटवल उपमहानगरपालिका पञ्जीकरण शाखाका प्रमुख संगिता अर्याल, शिक्षा अधिकृत रेनुका अधिकारी, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण जिसी, श्रवणदृष्टिबिहीन भएका दीपक कहार लगायतले बोल्दै श्रवण दृष्टिबिहीनको शिक्षा र सामाजिक जीवनमा प्रभावकारी समावेशीकरण गर्न राज्य, नागरिक समाज र समुदायले साझा जिम्मेवारी बनाउन आवश्यक रहेको बताएका थिए । श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीका अध्यक्ष रीमा कुमारी पुनको अध्यक्षता, परियोजना संयोजक प्रेम आचार्यको स्वागत तथा शिला घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आषाढ १३ २०८२१०:३०:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology