गुल्मी, असार १३ ।
गुल्मीको मुसिकोटमा जंगली च्याउ खाँदा एकै परिबारका तीन जना बिरामी भएका छन् ।
मुसिकोट ४दिगामचौरका ३६ बर्षीया गिता कुमाल , ७६ बर्षीय थम्मन कुमाल र ६८ बर्षीया फुलमाया कुमाल जंगली च्याउ खाँदाबिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी डिएसपी गंगाबहादुरसारुले जंगली च्याउको तरकारी संग खाना खादा उनीहरु बिरामी परेको बताए।
बिरामीको थप उपचार लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा भईरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)