Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

३८ औँ अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसमा मैनबत्ती प्रज्जवल

३८ औँ अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसमा मैनबत्ती प्रज्जवल

  • 810
    SHARES

  • ३८ औँ अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसमा मैनबत्ती प्रज्जवल

    बुटवल,असार १२ ।

    आज जुन २६ तारिख अर्थात् अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस नेपालमा पनि मनाइएको छ । IMG_1229.jpegदिवसमा बुटवलको राष्ट्रिय झण्डा चोकमा मैनबत्ती प्रज्वलन गरिएको हो ।अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको गरिएको छ ।

    साइनो केन्द्र बुटवल उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयको आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको अध्यक्ष सुजन पुनले बताए ।IMG_1232.jpeg

    सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाइ युवामैत्री शहर बनाइने बताए । उनले युवापुस्ता इलममा जोडिनुपर्ने भन्दै लागुपदार्थको लतबाट टाढै रहनुपर्ने बताए ।

    सो अवसरमा समाजसेवी बालकुमारी भण्डारी, चिरञ्जिवी जोशी ,तरूण दलका उपाध्यक्ष रमेश शाही,बिष्णु गुरूङ लगायतले बोलेका थिए ।IMG_1220.jpeg

    यो दिवस मनाउनुको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

    हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ ।

    विश्वमा अधिकांश लागु औषधका प्रयोगकर्ता र कारोबारीहरु यूवा वर्ग नै रहेका छन् । राष्ट्रका निधि उनिहरुलाई लागू औषधको कुलत र अपराध कर्ममा संलग्न हुनबाट रोक्नु सभ्य समाजको निर्माणमा योगदान गर्नु हो ।no drugs.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology