Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

‘विकासमा मिडियाको भुमिका अहम्’

‘विकासमा मिडियाको भुमिका अहम्’

  • 873
    SHARES

  • ‘विकासमा मिडियाको भुमिका अहम्’

    बुटवल,असार १२ ।

    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल बजार गुल्जार बनाउने योजनाको नेतृत्व लिन यस क्षेत्रका ब्यवसायीक संघ संस्थालाई आग्रह गरेका छन् ।

    के कस्ता योजना ल्याउदा बुटवलको बजार गुल्जार हुन्छ भन्ने बिषयमा छलफल तथा अध्ययन गरेर योजना बनाउन आग्रह गर्दै उनले बुटवल बजार थप गुल्जार बनाउन यस क्षेत्रका ब्यवसायीक संघ संस्थाहरूले ल्याएका योजनालाई आवश्यक बजेट उपमहानगरपालिकाले ब्यवस्थापन गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

    प्रगतिशील पत्रकार संघ रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बिहीबार बुटवलमा आयोजित विकासमा मिडियाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवल बजार गुल्जार बनाउन सन्ध्याकालिन तथा रात्रिकालिन बजार सञ्चालन गर्ने योजना अगाडि बढेको जानकारी गराउदै त्यस बाहेकका कुनै योजना भए ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

    मोतिपुर औद्योगिक करिडोर र सेमलारमा देशकै ठूलो कृषि उपज थोक बजार केन्द्र सञ्चालन नभएसम्म बुटवलको बजार थप गुल्जार हुन नसक्ने भन्दै उनले ती संरचना निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको बताए ।

    बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्यालले विकास पत्रकारिता गर्ने पत्रकारहरूले योजनाको आवश्यकता,औचित्यता र पारदर्शिता बारे बिष्लेषणसहितका समाचार प्रकाशन प्रसारण गर्नुपर्नेमा जोड दिए ।

    सामान्य औपचारिकता एवं सत्ता र शक्तिसँगको निकटताको आधारमा गरिने पत्रकारिताले समाजलाई दिशानिर्देश गर्न नसक्ने भन्दै उनले योजनाको प्रतिफलको बारेमा बिश्लेषणसहित यथार्थपरक समाचार अहिलेको आवश्यकता भएको बताए ।

    प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लिला बहादुर केसीले विकासमा पत्रकारिताको भुमिका बिषयक अवधारणापत्र प्रस्तुत गर्दै समयको परिवर्तनसँगै समाजले फरक किसिमको पत्रकारिताको अपेक्षा गरेकोले सोही अनुसारको पत्रकारिता अहिलेको आवश्यकता भएको बताए ।

    कार्यक्रममा उद्योग ब्यापार संघका पुर्ब केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्मा पौडेल,राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टानबहादुर केसी,
    अग्रज पत्रकार डा बालकृष्ण चापागाईं,पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष आरपी आचार्य,महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे,पुर्ब अध्यक्ष रामराज पोखरेल,राष्ट्रिय टेलिभिजन प्रसारक स‌ंघ लुम्बिनी प्रदेश अध्यक्ष एवं बुद्ध टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली,होटल ब्यवसायी माधव नेपाल,प्रगतिशील पत्रकार संघ रूपन्देहीका अध्यक्ष बिरेन्द्र कुँवर,सदस्य शंकरप्रसाद पोखरेललगायतले विकास निर्माणमा पत्रकारको भुमिका बारे आ आफ्नो भनाइ राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology