Logo बिहिवार, आश्विन १ गते २०८३
images

शिक्षक सरूवाको निर्णय : गुल्मी छत्रकोट गाउँपालिकाको बदमासीलाइ अदालतले उल्टाइदियो

शिक्षक सरूवाको निर्णय : गुल्मी छत्रकोट गाउँपालिकाको बदमासीलाइ अदालतले उल्टाइदियो

  • 1.2K
    SHARES

  • शिक्षक सरूवाको निर्णय : गुल्मी छत्रकोट गाउँपालिकाको बदमासीलाइ अदालतले उल्टाइदियो

    बुटवल,असार १० ।

    सर्वोच्च अदालतले शिक्षक सरूवाको निर्णय तत्काल कार्यान्वयन नगर्न गुल्मीको छत्रकोट गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार समेतलाई बिपक्षी बनाई शिक्षक दिपक शाहीले दायर गरेको उत्प्रेषणयुक्त परमादेश मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    उक्त मुद्दामा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने कुनै कारण भए बाटोको म्याद बाहेक १५ दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेस गर्न समेत इजलासले बिपक्षीलाई आदेश दिएको छ ।

    साथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने बिषयमा छलफलका लागि सर्वोच्चले आगामी साउन १३ गतेका लागि पेशी तोकेको छ ।

    adeshh.jpgयसअघि निवेदकको पक्षबाट बरिस्ठ अधिवक्ता खम्बबहादुर खाती र अधिवक्ता अनिता शर्माले बहस गरेका थिए ।जिल्लाको छत्रकोट गाउपालिका अन्तर्गतको एक विद्यालयमा कार्यरत शिक्षक दिपक कुमार शाहीले आफुलाई प्रतिशोधका आधारमा सरूवा गरिएकोले उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology