Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

एनआरएनए जापान कान्साई संयोजकमा सापकोटाले उम्मेदवारी दिने

एनआरएनए जापान कान्साई संयोजकमा सापकोटाले उम्मेदवारी दिने

  • 2.9K
    SHARES

  • एनआरएनए जापान कान्साई संयोजकमा सापकोटाले उम्मेदवारी दिने

    कौरव खत्री /गुल्मी,असार ८ ।

    गैर आवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको आगामी कार्यकालको लागि संयोजक पदमा बालकृष्ण सापकोटाले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ ।

    “अग्रजलाई सम्मान,युवालाई प्रोत्साहन,आर्थिक पारदर्शीतासँगै सबैलाई अपनत्व महशुस गराउने मेरो अभियान”भन्ने मुल नारा सहित वर्तमान कार्य समितिका उपसंयोजक रहनु भएका सापकोटाले एनआरएनए जापान कान्साई क्षेत्रीय समिति संयोजक पदमा आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।

    एनआरएनए कान्साई क्षेत्रीय समितिमा रहेर २०१७ देखि २०१९सम्मको सदस्य पद तथा २०२३ देखि २०२५ को उप–संयोजक पदमा रहेर आफ्नो जिम्मेवारी र भूमिकालाई कुशलतापूर्वक सम्पादन गरेको सापकोटाले जानकारी दिनुभयो ।

    साथै आफू केहि समय उम्मेदवारी घोषणा गर्न भन्दा सदस्यताको अन्तिम टुङगो लाग्ने समयसम्म हेरेर अगाडी बढ्ने मनस्थिति बनाएर मौन बसिरहनुभएका उप–संयोजक अब भने संस्थाको बागडोर सम्हालन स्पष्ट कार्ययोजना तथा सम्पूर्ण तयारी सहित संयोजक पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।

    बाग्लुङको गल्कोट नगरपालिका वडा नं. ९ रिष्मीमा जन्मिनु भएका युवा समाजसेवी सापकोटाले विभिन्न सामाजिक क्षेत्रमा संघ–संस्थामा रहेर सामाजिक कर्महरुमा निरन्तर सहयोग गदै अगाडी बढि रहनु भएको छ । साथै उहाँले संस्थालाई संस्थागत र दिर्घकालिन रूपमा अगाडी बनाई सक्षम बनाउदै अगाडी बढाउन आफ्नो जोड रहने बताउनु भयो ।

    साथै सापकोटाले अहिलेको आवश्यकता भनेको संस्थालाई जनमुखी र जनमैत्री बनाउने आफ्नो कार्यकालको प्रथम प्रयास र लक्ष्य रहेको बताउनु भयो । त्यस्तै सापकोटाले कान्साईमा विद्यार्थीका समस्या लगायत अन्य श्रमिकका समस्याहरूमा एनआरएनएको कार्य विधि र विधानमा रहेर आफूले काम गर्ने नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।

    साथै युवा सफल व्यवसायी सापकोटाले विगत २०१३ देखि निरन्तर जापानको कान्साईलाई कर्मथलो बनाउदै कोबे,हिमेजि लगायतका क्षेत्रमा होटल व्यवसाय गर्दै आउनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology