Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

गुल्मी : कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

गुल्मी : कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

  • 825
    SHARES

  • गुल्मी : कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

    गुल्मी,असार ८ ।

    तीन दिनदेखि पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको गुल्मीका प्रहरी नायब उपरीक्षक  गंगाबहादुर सारुले बताए ।

    बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो भएकाले समय लाग्ने सारुले बताए । पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ ।

    करिडोर सडक अवरुद्ध हुँदा जिल्लाको पूर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

    त्यस्तै ५ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो ।अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियो । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology