बुटवल,असार ३ ।
बुटवलको बसपार्कस्थित एक होटलबाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति बुटवल ९ कालिकापथ (इटाभट्टी ) स्थित विशाल होटलबाट राती ३ जना किशोरी र ५ जना किशोरहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपीइन्द्रबहादुर रानाले पक्राउ परेका सबै १८ बर्ष मुनिका रहेकोले परिवारको जिम्मा लगाइएको बताए ।
‘पक्राउ परेकासबैलाई दिउँसो परिवारको जिम्मा लगाएका छौँ, होटल संचालकलाई उमेर नपुगेकोलाई अबदेखि त्यसरी बस्न नदिनकोभनेर पनि सचेत गराएका छौँ,’उनले भने ।
विशाल होटलका संचालक समुन्द्र जिसिले समुहमा जन्मदिन मनाउका लागि आएको र होहल्ला गरेपछि प्रहरीलेनियन्त्रणमा लिएको बताए । ‘त्यस्तो खासै केही होइन, समुहमा जन्मदिन मनाउन आएका थिए, सो क्रममा होहल्ला गरेपछि प्रहरी आएर लगेको मात्रै हो,’जिसिले भने ।होटलका संचालक जिसि उपभोक्ता तथा हित संरक्षण रुपन्देहीकाअध्यक्ष हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)