Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा छात्रछात्रालाई निःशुल्क पोशाक

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा छात्रछात्रालाई निःशुल्क पोशाक

  • 585
    SHARES

  • चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा छात्रछात्रालाई निःशुल्क पोशाक

    बुटवल,असार ३ ।

    चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा छत्रदेव–१ चिदिकामा रहेको देविडाँडा आधारभूत विद्यालयमा अध्यनरत छात्र छात्रालाई विद्यालयकै प्राङ्गणमा निःशुल्क टिशर्ट वितरण गरेको छ ।

    समाजले एक कायृक्रमका बिच विद्यालयमै पुगेर टि शर्ट हस्तान्तरण गरेको हो । समाजको प्रतिनिधित्व गर्दै आएका समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, वर्तमान अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली, कोषाध्यक्ष राम प्रसाद पन्थी, सहसचिव टेक नारायण टन्डन, सदस्यहरु पवन ज्ञवाली, कमल भण्डारी लगायतले विद्यार्थीहरुलाई टि शर्ट वितरण गरेका हुन् ।

    त्यस अवसरमा बोल्ने वक्ताहरुले चिदिका रुपन्देही सम्पर्क समाज चिदिकाको सर्वपक्षीय विकासको लागि सधै तत्पर रहेको बताएका थिए । समाजले रुपन्देही र चिदिकामा निरन्तर रुपमा विभिन्न रचनात्मक र सामाजिक सामाजिक कार्यहरु गर्दै आइरहेको  छ । 

    कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, अध्यक्ष गीता ज्ञवाली, सचिव हेमनाथ ज्ञवाली विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कविराज ज्ञवाली, प्रधानाध्यापक धर्मराज पाण्डे, समाजसेवीहरु बद्री प्रसाद घिमिरे, हरि पाण्डे, यादव ज्ञवाली सहित विभिन्न स्थानीय समाजसेवी राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology