Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

अदालत हाजिर भए डा. धवलशम्शेर राणा

अदालत हाजिर भए डा. धवलशम्शेर राणा

  • 1.3K
    SHARES

  • अदालत हाजिर भए डा. धवलशम्शेर राणा

    काठमाडौं,असार २ ।

    राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।

    अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा सोमबार बिहान आफैं अदालत आएका हुन् । उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् । गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।

    प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology