Logo बिहिवार, आश्विन १ गते २०८३
images

ग्यास्ट्रो सेन्टर बुटवलद्वारा प्यूठानमा निःशुल्क स्वास्थ्य शिविर,१५० जनाले लिए लाभ

ग्यास्ट्रो सेन्टर बुटवलद्वारा प्यूठानमा निःशुल्क स्वास्थ्य शिविर,१५० जनाले लिए लाभ

  • 5.0K
    SHARES

  • ग्यास्ट्रो सेन्टर बुटवलद्वारा प्यूठानमा निःशुल्क स्वास्थ्य शिविर,१५० जनाले लिए लाभ

    बुटवल,असार २ ।

    ग्यास्ट्रो सेन्टर बुटवलले प्यूठानको विजुवारमा  बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

    शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा.मोहन भुसाल सहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले १५० भन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको थियो।camp.jpeg

    शिविरमा १८ जना बिरामीलाई ईन्डोस्कोपी सेवा समेत प्रदान गरिएको डा. भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार समाजप्रतिको उत्तरदायित्वअनुसार दुर्गम क्षेत्रमा सेवा पुर्‍याउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको हो।

    डा. भुसालले यस्ता शिविर अन्य जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। दुर्गम बस्तीमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क सेवा पाएकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।s.jpg

    शिबिरको सहयोग र समन्यन निमतारा पोलि क्लिनिक बिजुवारले गरेको थियो ।ग्यास्ट्रो सेन्टर बुटवलले यसअघि पनि विभिन्न स्थानहरूमा यस्ता निःशुल्क शिविरहरू सञ्चालन गर्दै आएको जानकारी दिएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology